न्युडायमण्ड,टप्स,एपीएफ र पुलिस सेमिफाईनलमा

होवान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्युडायमण्ड र टप्स,पुलिस र एपीएफ सेमिफाईनलमा प्रवेश गरेका छन् । बिहिवार भएको क्वाटरफाईनल खेलमा न्युडायमण्डले नेपाल आर्मीलाई २५–२३,२५–१३ र २५–२२ को सोझो सेटमा हरायो । पोखराको टप्स उमाबीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–६,२१–२५,२५–१६ र २५–१९ को सेटमा हराउन सफल भयो । न्युडायमण्ड एकेडेमीको कोर्टमा भएको अन्य क्वाटर फाईनल खेलमा सहज जित हात पार्दै पुलिस र एपीएफले सेमिफाईनलमा आपसी भिड्न्त तय गरेका छन् । नेपाल पुलिसले चितवन टाईग्रेसलाई २५–१७,२५–७ र २५–१० को सोझो सेटमा हरायो । एपीएफले पारामाउण्ट स्कुललाई २५–३,२५–१० र २५–१५ को सोझो सेटमा हरायो ।
सुकेधारास्थित होवान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजन संचालन भएको प्रतियोगिताको बिजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाँउने छन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बिद्यागततर्फको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने नगद पुरस्कारको प्रायोजन सेन्चुरी कमर्सियल बैंकले गरेको छ ।

Comment