पूर्व च्याम्पियनको ब्यवस्थापकीय बाटो

खेलकुदले मानीसको आत्मबल बढाउने र समाजीक भावना जागृत गर्छ । यो सैद्धान्तीक पक्षका बारे चर्चा धेरै भयो । तर, ब्यबहारमा कत्ति भयो , त्यो भने फरक होे । त्यसो त समाजमा केही यस्ता खेलकर्मी देखिएका छन्, जो सामाजीक र राजनितीक जिवनमा प्रबेश गरे पछि आम मानीस भन्दा फरक देखिएका छन् । स्नुकरका चार पटकका राष्ट्रिय च्याम्पियन राजनितीमा पनि समाबेश छन् । कुन दलका भन्नै कुरा चासोको होइन । चासो उनले गरेका गतीबीधीकै हो ।
खेलाडी तथा प्रशिक्षकको उज्वल छबी बनाएका मुल्मी काठमाडौ महानगरपालीका वडा नम्बर ११ का सदस्य समेत हुन् । टोलमा बत्तिको काम उनको उपलब्धी मुलक काम हो । काठमाडौ नगरपालीका स्वच्छ हुनु पर्छ भन्नै उनको मान्यता हो । यसै मान्यता अनुसार सामान्य संरचनालाई ब्यबश्थित गराउन उनी लागी पर्छन् ।
खेलकुदमा लागेका ब्यक्तिमा मानबीय संबेदना पनि हुन्छ नै । यस कारण प्रौढ, असक्त र बालकालीकाका लागि आएका बजेटको सही सदुपयोग हुनु पर्छ भन्नेमा त उनी अझ अडिग छन् । यसका धेरै लामो सृंखला हुन सक्छ । उनका यी गतीबीधीले पुष्टि गर्छ की खेलकर्मी सामाजीक र राजनितीक जिन्दगीमा प्रबेश गरे मानबीय सम्बेदनाले पूर्ण हुन्छन् नै ।
४८ बर्ष पार गर्न आटेका सरोजको शारिरिक बनावट हेर्दा लाग्छ, उनी भर्खरका लक्का जवान नै छन् । सायद खेलकर्मी भए वापत उनले पाएको यौ नै महत्वपूर्ण पुरस्कार हो । उनी स्नुकरमा आबद्ध भएको सन् ९० को दशक देखिको हो । उनी आबद्ध हुदा नेपालमा एकाध स्नुकर क्लब थिए । सुरुमा पे क्लबबाट उनको यात्रा अघि बढेको हो । प्रशिक्षक आङकामी लामाबाट तीन महिने प्रशिक्षण पछि उनी एक्लै अघि बढी रहे । घरेलु प्रतियोगिता जित्नु र पहिलो हुनु उनका यात्रामा सामान्य हुदै गए ।
नेपाली महिलालाइ स्नुकरमा भित्र्याउने श्रेय त सरोजलाई गइनै हाल्छ । स्टार खेलाडीको छबी रहदा नै सन् १९९७ मा सोल्टी क्यासिनोमा प्रशिक्षकको रुपमा प्रबेश गरे । २३ जना महिला खेलाडीलाई उनलै प्रशिक्षण गराउथे । नेपाली स्नुकरमा महिलाको प्रबेश र सरोजको प्रशिक्षण जिवनको सुरुवात संगै भएको थियो । तर, दुखका कुरा सरोज पछि कसैले पनि महिलालाई स्नकुरमा प्रबेश गराउनै पहल र चासो दिएनन् ।
सुन्धारा एक्सक्लुसिभमा अहिले पनि सिकाउने गरेका छन् । रेगन श्रेष्ठ र विकास श्रेष्ठ सहित सनातन मल्ल जस्ता धेरै खेलाडी अहिले घरेलु स्नुकरमा छाइरेका छन् । जसको यात्रामा सरोजको प्रशिक्षकीय भुमिका छ । अर्थात रेगन र विकासका खेल अभिभावकका रुपमा सरोज रहेका छन् ।
पछिल्लो समय घटना फेरिएको छ । सरोज समग्र स्नुकरको अभिभावकीय भुमिकामा रहेका छन् । पूर्व राष्ट्रिय च्याम्पियन सरोज नै अहिले नेपाल स्नुकरको तदर्थ कमिटीको अध्यक्ष बने । उनी यसै अध्यक्ष बनेका त होइनन्, नेपाली स्नुकरकर्मीको सामुहीक भावनाको प्रतिनिधीत्त्व गर्दै अध्यक्ष बनेका हुन् ।
स्नुकर, उनको जिवन । यसमा उनी सधै सचेन रहे । सामाजीक हैसियत, पद पैसा र इज्जत सबै चिज उनलाई स्नुकरले नै दियो । चार पटकका च्याम्पियन उनी पाचौ पटक च्याम्पियन हुने योजनामा त छैनन् । तर, उनका केही योजना छन्, अझै स्टार खेलाडीको उदय होस भन्ने चाहनाले अहिले पनि प्रशिक्षकमा ब्यस्त छन् ।
उनका पनि प्रशिक्षक हुन्, आङकामी लामा । १७ बर्ष लामा विदेशमा रहे । ७५ पुषको समय हो, उनका प्रशिक्षक पनि नेपालमै छन्, । आङकामीकै सहकार्यमा उनी नया योजनामा छन् । स्नकुर ट्रेनिङ सेन्टरको स्थापना गर्ने । उनका दुइ योजना छन् । पहिलो स्नुकरको प्रशिक्षकिय स्वरुपलाई नया मोड दिने । अर्को,अध्यक्षको रुपमा सफल साधारण सभा गर्दै यसलाई ब्यबस्थीत बाटोमा अघि बढाउने । आशा गरौ, उनको यो अभियानले सार्थकता पाउने छ । उनको अभियानसंगै नेपाली स्नकुर नया दिसामा अघि बढ्ने छ । सेन्चुरी र हाइएस्ट ब्रेक कुनै समय उनको जिवनको सबैभन्दा महत्वपूर्ण पाटो थियो । अलमलमा परेकोे नेपाली स्नुकरको यात्रामा एउटा महत्वपूर्ण “ ब्रेकथ्रु ” उनको अबको पाटो बन्नेमा धेरैको बिश्वास छ ।

Comment