पर्शुराम सम्मानित

कखरा प्रि स्कुल, लोकन्थलीले कराते खेलाडी पर्शुराम बाँस्तोलालाई शनिबार सम्मान गरेको छ । पर्शुरामलाई क्यानाडामा भएको १९ औं सातो कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण तथा इन्डोनेसियामा भएको १५ एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा कांस्य जितेर अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान अभिबृद्धि गर्न सहयोग पु¥याएकोमा सम्मान गरिएको हो ।
पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एकल काताका स्वर्ण विजेता समेत रहेका पर्शुरामलाई कखराका निर्देशक उमानाथ निरौला र प्रिन्सिपल निशा न्यौपानेले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

Comment