न्यु डाइमन्ड प्रतियोगिता आयोजनामा पनि अघि बढ्दै


नेपाली भलीबलमा प्रभावशाली शक्ति न्युडायमण्ड स्पोर्ट्स क्लब प्रतियोगिता आयोजनामा पनि अग्रणी देखिन थालेको छ । यसै क्लबको आयोजनामा हुने राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको खेल स्थल भने परिर्वतन भएको छ । प्रतियोगिता संयोजक कुमार राईले भने–हामीले प्रावीधिक कारणले खेल स्थल आफ्रनै स्कुल न्युडायमण्डमा सारेका छौ.। यसले अझ प्रतियोगिताको गरिमालाई उच्च बनाएको छ ।
लिग कम नकआउटका आधारमा पुस २५ देखि २८ सम्म संचालन हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । साविक बिजेता न्यु डायमण्ड र चितवन टाईगे्रस समूह ‘ए’ मा रहेका छन् भने समूह ‘बी’ मा टप्स र पारामाउन्ट छन् । त्यस्तै समूह ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपीएफ र जावलाखेल रहेका छन् ।
प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाँउनेछन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि नेपाल भलिबल संघले १५ हजार, संघका अध्यक्ष मनोरन्जन रमण शर्माले २५ हजार संघका महासचिव जितेन्द्र बहादुर चन्दले १० हजार सहयोगको घोषणा गरेका छन । त्यस्तै सेन्चरी कमर्सियल बैंकले ब्यक्तिगत बिद्याका सम्पूर्ण उत्कृष्टले प्राप्त गर्ने पुरस्कारको रकम प्रायोजन गर्ने भएको छ । पत्रकार सम्मेलनमा क्लबकी अध्यक्ष सुनकेसरी माली,अन्तराष्ट्रिय रेफ्रि क्वानिडेड चन्द्रवदना राईलगायतको उपस्थिति रहेको थियो ।
हाल प्रतियोगिताको नतीजाको सवालमा उत्कृष्ट पब्लीक टोलीको रुपमा रहेको न्यु डाइमन्ड खेल सस्कारको सवालमा पनि त्यत्तिकै अग्रणी रहेको छ ।

Comment