प्रदेश नं ४ टिम च्याम्पियन


प्रदेश नं ४ ले प्रथम प्रदेशस्तरिय कराते प्रतियोगिता २०७५ को टिम च्याम्पियन बन्न सफल भएको छ । ब्राईट गोर्खा डोजो, घट्टेकुलोले आयोजना गरेको एक दिने च्याम्पियनसिपमा प्रदेश ४ ले ४ स्वर्ण, १ रजत र २ कास्य हात पा¥यो ।
२ स्वर्ण, १ रजत र ४ कास्य पदकका साथ आयोजक ब्राईट गोर्खा डोजो दोश्रो र तेश्रो स्थानमा २ स्वर्ण र ४ कास्यका साथ प्रदेश नं। १ भयो ।
च्याम्पियनसिपमा महिला तर्फ प्रदेश नं १ की प्रिती बस्नेत र पुरुष तर्फ प्रदेश नं। ४ का नविन रसाईली उत्कृष्ट खेलाडी घोषित भएको रेफ्रि संयोजक राजेन्द्र कपालीले जानकारी गराए ।
च्याम्पियनसिपमा पुरुष एकल कातामा प्रदेश नं ३ का निराकार मान प्रधान र महिला तर्फ प्रदेश नं। ४ की बिमला नेपालीले स्वर्ण हात पारे । यस्तै पुरुष तर्फ ५० केजी तौलमा प्रदेश १ का धन कुमार राईले स्वर्ण पाए । यसै गरि ५५ केजीमा प्रदेश ४ का स्वतन्त्र मगर, ६० केजीमा आयोजकका सुरेश तामाङ्ग तथा ६७ केजीमा प्रदेश ४ का नविन रसाईलीले स्वर्ण प्राप्त गरे ।
यसैगरि महिला ४५ केजीमा प्रदेश ७ का नबिना तामाङ्ग, ५० केजीमा प्रदेश १ की प्रिती बस्नेत, ५५ केजीमा आयोजककी बिद्याकला राई तथा ६१ केजीमा प्रदेश ४ की अनु गुरुङ्गले स्वर्ण हात पारे ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले पुरस्कार वितरण गरेका थिए । यस अघि च्याम्पियनसिपको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट र परिषदका सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्गले संयुक्त रुपमा पानसमा द्विप प्रज्वलन गरि उद्पघाटन गरेका थिए ।
च्याम्पियनसिपमा टिम प्रथमले नगद १० हजार सहित ट्रफी प्राप्त ग¥यो । यस्तै दोश्रो हुने टिमले नगद ५ हजार र ट्रफी तथा तेश्रोले नगद ३ हजार र ट्रफी प्राप्त ग¥यो ।
च्याम्पियनसिपमा ७ प्रदेश र आयोजक गरि ८ टिमका ८० खेलाडीहरुले १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

Comment