गोल्डेन ब्याचका एउटा प्रतिनिधी पात्र राजु

कुनै समय नेपाली तेक्वान्दो स्वर्णीम थियो । नेपालको साख राख्ने खेल पनि हो । नेपालीको नाम गर्वीलो बनाउने यो खेलको सधै चर्चा हुने गर्छ । यसै खेलको एउटा स्वर्णीम पुस्ता जसमा थिए संगीना बैद्य र सबिता राजभण्डारी । यसै पुस्ताका अन्य खेलाडी थिए किशोर श्रेष्ठ, असोक लामा र आलोक राना पनि । साच्चै भन्नु पर्दा नेपाली तेक्वान्दोको ‘ गोल्डेन ब्याच’ थीयो त्यो ।
त्यो ब्याचमा रहेर तेक्वजान्दो खेल्नु नै पनि महत्वपूर्ण हो । यसै ब्याचमा एउटा ब्यक्तित्व राजु नगरकोटी अन्तराष्ट्रिय पदक पाएर नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने सवालमा अन्य भन्दा पछि नै छन् । परन्तु नेपाली तेक्वान्दोलाई सधै सहयोग गर्न तत्पर हात हुन् । उनका जिवनका अन्य परिचय हुन सक्लान् तर, तेक्वान्दोकर्मीकै रुपमा उनी सक्रिय छन् र आफूलाई यस रुपमा चिनाउन गर्व पनि गर्छन् ।


तेक्वान्दोलाई माथिल्लो उचाइमा र्पुयाउने जिल्ला नुवाकोटका राजु १६ बर्ष अघि मकाउमा पुगेका थिए । ओलम्पियन मान बहादुर तामाङ देखि रमेस श्रेष्ठ र शंकर तामाङ नुवाकोटले जन्मायो । त्यो नुवाकोट र त्यो गर्वीलो ब्याचसंगको अनुभबले उनमा केही गर्ने जागर चल्यो, नेपाली तेक्वान्दो विकासमा लागी । विदेशमा रहेरनेपाली तेक्वान्दोका लागि सपर्मीत हुने जागर चलाउदै उनी सहित एउटा समुह बन्दै सहयोगको अभियान सुरु भएको थियो , अपहले पनि उनी मकाउमा रहेका नेपाली तेक्वान्दोकर्मीको कोअर्डीनेटरको भुमिकामा रहेका छन् । उनी सहितको समुहले नेपाली तेक्वान्दोमा विभिन्न सहयोग गर्दै आएको छ । खासमा मानबीय सम्बेदनाको सवालमा ।
राजुले पछिल्ला बर्षमा थप सफलता पनि पाए । लस भेगासमा भएको युएस ओपनमा सहभागिता, जापानमा भएको वाता ओपनमा नेपाली खेलाडीले सफलता पाउदा प्रशिक्षकको भुमिका र भ्यानकभुरमा भएको क्यानाडा ओपनमा काश्य पदकले उनमा थप हौसला प्रदान गरेको छ ।
नेपाली तेक्वान्दोमा रहेको विभाजीत वातावरणको अन्त्य चाहने राजु नुवाकोटमा तेक्वान्दो एकेडेमी निमार्णको क्रममा पनि सहयोगि भुमिकामा रहेका थिए । “रेस्पेक्ट टुबी रेपेक्टेड” मन्त्रलाइ आदर्श मान्ने राजु भन्छन्, “तेक्वान्दो खेल मात्र होइन ,एउटा सस्कार हो । यसकारण पछिल्लो पुस्ता पनि सबैलाई आदर गर्ने र अनुशाषित जिवन यापनको बाटोमा रहनुको कुनै विकल्प छैन । ” एउटा असल ब्यक्तिको रुपमा भिन्न छबी बनाएका राजु केही समय अगाडी एनआरएनए मकाउबाट पनि सम्मानीत भइसकेका छन् । आइतबार नेपाल तथा प्रशिक्षकसंघबाट सम्मानीत हुदै छन् । सायदको उनको यो सम्मानको श्रृंखला लामो समय कायम रहने छ ।

Comment