अनिषा र मार्सल काठमाडौबाट छनोट


अनिषा न्यौपाने र मार्सल तामाङले काठमाडौ जिल्लाबाट आसन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि काठमाडौ जिल्लाबाट प्रदेशनम्बर तीन छनोटमा सहभागिता जनाउने भएका छन् । काठमाडौ जिल्लास्तरीय छनोट शुक्रबार सुरु भएको हो । महिला तर्फको छिनोफानोे लाग्दा पुरुष तर्फ प्रेमकृष्ण मर्हजन, नबीन तण्डुकार, राजेन्द्र बज्रचार्य, गोबीन्द् खड्का र प्रनित जोशी २ अंक सहित शीर्ष स्थानमा रहेका छन् । प्रतियोगिताको काठमाडो जिल्ला खेलकुद विकास समितीका अध्यक्ष ध्रुब राज न्यौपाने र फिडे ट्रेनर तथा पूर्व राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठले उद्घाटन गरे ।
उद्घाटन समारोहमा काठमाडौ जिल्ला बुद्धीचाल संघका अध्यक्ष अमृत चन्द्र श्रेष्ठ, सचिव नारायण श्रेष्ठ,काठमाडौ जिल्ला खेलकुद विकास समितीका प्रसासकीय अधीकृत धन अर्जुन राइ, र पूर्व राष्ट्रिय च्याम्पियन सुरबीर लामा लगायतको उपश्थिती थियो ।

Comment