प्रदेश स्तरीय कराते शनिबार


ब्राइट गोर्खा डोजो, काठमाडौंको आयोजनामा प्रथम प्रदेश स्तरीय कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा एकल कातासहित पुरुष÷महिलामा समान ५–५ गरी १० स्पर्धामा खेल हुने आयोजक डोजाको अध्यक्ष महेन्द्रकुमार राईले जनाएका छन् । सातै प्रदेशबाट करिब १ सय खेलाडीले भाग लिने बताइएको छ ।
पहिलो हुने टिमलाई १० हजार, दोश्रोलाई ७ हजार र तेश्रोलाई ५ हजार नगदबाट पुरस्कृत गरिने अध्यक्ष राईले बताए । एकदिने प्रतियोगिताका खेलहरु बालाजुस्थित बालाजु बैंक्युटमा खेलाइनेछ ।

Comment