लुमन्ति र शिवानी फाइनलमा

नेपाल आर्मीकी लुमन्ती श्रेष्ठ र सो क्योकुसिनकी शिवानी श्रेष्ठ दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको महिला ६० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको चापागाउँमा भइरहेको प्रतियोगितामा लुमन्तीले आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघकी कलपना घर्ती तथा शिवानीले एपीएफकी पूजा लामालाई सेमिफाइनलमा पराजित गरे । महिला खुलामा आर्मीकी मन्जु विकले भाटभटेनीकी जेदिशा सिजापति तथा आर्मीकी विन्दु पुन मगरले आयोजककी मनीषा लामालाई हराउदै फाइनलमा पुगे । महिला ५५ केजीमा एपीएफकी अन्जली श्रेष्ठले नरहरिपुरकी राधा मानन्धर तथा आयोजककी समिता राईले आयोजककै रोशना राईलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले आर्मीका शिवजी सिलवाल तथा एपीएफका वीरेन्द्रसिंह खत्रीले आईकेकेएफका प्रवीण मेचेलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
पुरुष खुलामा आयोजकका विनय घिमिरे, आर्मीका किरणसिंह साउद र चित्रसिंह ठकुरी तथा क्योकुसिन काइका दिपेश र्सूयंवंशी सेमिफाइनलमा पुगे । पुरुष ६० केजीमा आयोजकका राजन पाइजा, शंखमूलका योगेश थिङ, आर्मीका राजेश चौधरी र आयोजकका प्रकाश विष्ट सेमिफाइनलमा प्रवेश गरे ।

Comment