पर्शुराम र प्रज्ज्वल सम्मानित

युरो किड्स गोंगबुले वार्षिक खेलकुद दिवसका अवसरमा राष्ट्रिय कराते खेलाडी पर्शुराम बास्तोला र पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक प्रज्वलप्रताप क्षत्रीलाई सम्मान गरेको छ ।

शनिबार बानियाँटारस्थित विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद पाण्डे, निर्देशक मुकुन्दप्रसाद पाण्डेलगायतले ताम्रपत्र प्रदान गरी उनीहरुलाई सम्मान गरेका हुन् । राष्ट्रको नाम संसारमा फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले बास्तोला र क्षत्रीलाई सममान गरिएको अध्यक्ष पाण्डेले बताए । सम्मानपछि काता खेलाडी बास्तोलाले सम्मानले आफूलाई थप हौसला र उर्जा मिलेको बताए ।

Comment