सुरेन्द्र, सोनाम, पारस र मायालाई इचंखु नारायण करातेमा स्वर्ण पदक

दोश्रो नागार्जुन नगरपालीका मेयरकप कराते च्याम्पियनसीपको पुरुष एकल कातामा मनमैजु डोजोका सुरेन्द« तामाङ पहिलो भए । सो स्पर्धामा लीबर्टीका करुण बुढाथोकी दोश्रो भए भने आयोजक इचंखु नारायणका प्रज्वल पोख्रेल र करण श्रेष्ठले काश्य पदक जिते । इचंखु नारायण डो र इचंखु सामुदायीक तथा खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिताको महिला एकल कातामा ब्लेस एकेडेमीका माया चौधरीले स्वर्ण पदक जितिन् । नबशान्ती डोजोकी सुजाता तामाङले रजत तथा आयोजक डोजोकी चेतना रिजाल र सोनाम शेर्पाले काश्य पदक जिते । पुरुष खुला तर्फ मानसिङ डोजोका पारस तामाङले स्वर्ण पदक जिते । यसैगरी, आयोजकका प्रज्वल पोख्रेलले रजत तथा आयोजकका सुमन श्रेष्ठ र मनकामनाका सञ्जोग बुढा मगरले काश्य पदक जिते । महिला २५ किलो तौल समुहमा आयोजककी सोनाम शेर्पाले स्वर्ण पदक जितिन् । यसैगरी, बुढानीलकण्ठकी उषा दासले रजत तथा ब्लेस एकेडेमीकी स्मृती गुरुङ र गोल्डेन होराइजनकी क्रिजल तामाङले काश्य पदक जिते ।

यस अघि प्रतियोगिताको प्रायोजक सस्था नागार्जुन नगरपालीकाका मेयर मोहन बस्नेतले उद्घाटन गरे । सो अबसरमा बोल्दै प्रमुख अतिथी बस्नेतले नागार्जुन नगरपालीकाले खेलकुदको विकासका लागि गरेको प्रयास र पहलको बारे जानकारी दिदै निकट भबीश्यमा फुटबल मैदान निमार्ण हुन गइरहेको जानकारी दिए । उद्घाटन समारोहमा बिश्व कराते महासंघ( डब्लुकेएफ) तथा राखेपबाट मान्यता प्राप्त नेपाल कराते महासघंका अध्यक्ष पुरेन्द्र विक्रम लाखे र दावा गुरुङको उपश्थिती थियो । उद्घाटन समारोह आयोजक इचंखु नारायण कराते डोका अध्यक्ष बाबुराम लामाको सभापतीत्वमा भएको थियो ।
कार्यक्रम संयोजक तथा डोजो प्रमुख सन्तोष चाम्लीङले दिएको जानकारी अनुसार दुइ दिन सम्म चल्ने प्रतियोगिताका कातामा दुइ तथा कुमुतेमा १८ स्पर्धा समाबेश छन् ।

Comment