मोरान मेमोरियलको फराकिलो जित

२३ औ फादर मोरान फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा मोरान मेमोरियल स्कुलले ब्राइट फ्युचर स्कुल सातदोबाटोलाई ७–० ले पराजित गरेको छ । विजयी टोलीका लागि युवराज राजबंशीले तीन,बेशराज राजबंशीले दुइ,ज्योतीस राजबंशीले एक तथा निरज उराउले एक गोल गरे । युवराज सो खेलका म्यान अफ द म्याच घोषित भए ।
सेन्ट जेभियर्स झापाले डनबस्को, लुभुलाई ३–० ले हरायो । सेन्ट जेभियर्सका लागि अदिल राइ,अग्रीम खरेल र आभिस्कार सापकोटाले गोल गरे । अदिल खेलका म्यान अफ द म्याच घोषित भए । इडेन गार्डेन स्कुलले डिएभसी सुसील केडिया बिश्व भारतीलाई २–० ले हरायो । दुइ गोल गरेका ओनीसान श्रेष्ठ खेलका म्यान अफ द म्याच घोषित भए ।

Comment