आयोजक सेन्चुरी नै च्याम्पियन

आयोजक सेन्चुरी कमर्सीयल बैकले सेन्चुरी बैक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा सेन्चुरील फाइनलमा एनआइसी एसिया बैकलाई तीन विकेटले पराजित गरेको हो । सेन्चुरीलाई जित दिलाउने क्रममा म्यान अफ द म्याच बिष्णु तीबारीले ७ बलमा १९ रन जोडे । एनआइसी एसियाले छाडेको ७७ रनको लक्ष्य पछ्याएको सेन्चुरीले तीन विकेटको क्षतीमा ७९ रन जोडेको थियो ।
फाइनल प्रबेश गर्ने क्रममा सेन्चुरी बैकले सेमिफाइनलमा भारतीय राजदुताबासलाई ५ विकेटले पराजित गरेको थियो । गत सस्करणमा यो प्रतियोगिताको उपाधि सिभील बैकले जितेको थियो ।

Comment