मलेसियामा नेपाली खेलाडीलाई सफलता

मलेसिायमा जारी पाचौ अन्तराष्ट्रिय ओपन कराते प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीले १ स्वर्ण सहित ५ पदक जितेका छन् । नेपालले टिम कुमुतेमा स्वर्ण पदक जितेको हो । स्वर्ण पदक जित्ने टोलीमा राम कुमार गीरी, पासाङ रेन्जिन लामा,फुर्साङ वाइवा र सुजन कुमार पुरी थिए ।
मलेसियाबाट प्रशिक्षका सानुबाबु गीरीले दिएको जानकारी अनुसार ५५ किलोमा कमल वाइवाले रजत पदक जिते । सो स्पर्धामा राम कुमार गीरीले काश्य पदक जिते । यसैगरी,५३ किलो जुनियरमा करिना पुरी तथा ६७ किलोमा फुर्साङले काश्य पदक जिते ।

Comment