टेबल टेनिसमा पुलिसको प्रभाव यथाबत

स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । दुवै नेपाल प्रहरीका हुन् । यत्ति मात्र होइन स्यान्टु नवीताका शिष्य समेत हुन् । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा स्यान्टुले एपीएफका अमरलाल मल्ललाई ६–११, ११–७, ११–९, ११–४, ८–११ र ११–७ को सेटमा पराजित गरे । काठमाडौंका चन्दन शाही र एपीएफका शिवसुन्दर गोथे संयुक्त रुपमा तेश्रो भए ।
महिला सिंगल्सको उपाधि भिडन्तमा नविताले टाइम्स इन्टरनेसनलकी रविना महर्जनलाई ११–७, ११–१३, ११–७, ११–८ र ११–३ को सेटमा हराइन् । प्रहरीकी एलिना महर्जन र एपीएफकी सेलिशा खड्गी तेश्रो भए । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५÷५ हजार नगद पुरस्कार हात पारे । नेपाली टेबल टेनिसमा प्रभाव जमाइरहेको पुलिस क्लब राकेश मर्हजनको नेतृत्वमा रहेको छ ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि उमेश मानन्धर, ५० वर्षमाथि कपुर शर्मा र ६० वर्षमाथि उदयमोहन श्रेष्ठ पहिलो भए ।
स्कुलतर्फ डबल्सको ब्वाइजमा एन्जल लर्डका स्वीकार लामा र निमेश लिम्बू तथा गल्र्समा ह्वाइटफिल्डकी कृतिका अग्रवाल र दिया मगैयाको जोडी पहिलो भए ।

Comment