शान्ती र कुशललाई उपाधि

शान्ती राइले पूर्णमान स्मृती साउन्ड टेबलटेनिसको महिला एकलको उपाधि जितेकी छिन् । उपाधि जित्ने क्रममा उनले सविता पाण्डेलाई ११–८,११–९ ले पराजित गरिन् । सो स्पर्धामा समिक्षा भट्टराइ र दुगाृ कुमारी आचार्य तेश्रो भए ।
साउन्ड टेबल टेनिस प्रशिक्षक कुमार पौडेलले दिएको जानकारी अनुसार पुरुष तर्फ छत्र बाहदुर तामाङलाई ११–९,११–८ ले पराजित गर्दै कुशल न्यौपाने पहिलो भए । सो स्पर्धामा सागर लामा र शिब कुमार अग्रवाल तेश्रो भए ।
पुरुष सिंगल्समा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र प्रदीप रोका, एपीएफका मणिकुमार लामा, शिवसुन्दर गोथे र अमरलाल मल्ल, काठमाडौंका चन्दन शाही, ललितपुरका सुनील महर्जन तथा टाइम्स इन्टरनेसनलका नारायण घिमिरे क्वाटरफाइनलमा पुगे ।
महिला सिंगल्समा प्रहरीकी नविता श्रेष्ठ र एलिना महर्जन, एपीएफकी अनिता महर्जन, सेलिशा खड्गी र सिक्का सुवाल, सीसीआरसीका दीक्षा तामाङ र सोनु थापा मगर तथा टाइम्सकी रविना महर्जनले क्वाटरफाइनल यात्रा तय गरे ।

Comment