फेरी एरेनामा फर्कने योजनामा रमेस

सन् २०१० को ११ औ दक्षिण खेलकुदको समयमा नेपाली टोली बसेको लीफ्ट दुर्घटनामा परेको थियो । त्यो लीफ्टमा रहेका भारोत्तोलन र जुडो खेलाडीको एउटा सपना चकनाचुर भएको थियो, त्यो सागमा । त्यसै दुर्घटनामा घाइते भएका रमेश मगरको चोट १२ औ दक्षिण एसियाली खेलकुदको दौरान फेरी बल्झीयो । सोही बल्झीएको चोटका कारण उनी काश्य पदकमा सिमित भएका थिए ।
रामेछाप गेलुका रमेसले काठमाडौंमा जुडो सिके । बि.स ०६२ मा काठमाडौंमा भएको एमएमएसी जुनियर जुडो तथा केन्दो च्याम्पियनसीपमा स्वर्ण पदक जित्दै उनको सफलताको यात्रा सुरु भएको थियो । दुइ बर्ष पछि भएको यसैको दोश्रो सस्करणमा रजत पदकमा सिमित भए पनि उनी हतासिएनन् । ०६५ मा भएको खुल्ला छनोट जुडो च्याम्पियनसीपमा यीनले काश्य पदक जिते ।
त्यस पछि भने उनको सफलताको यात्राले कोल्टे नै फे¥यो । पाचौ राष्ट्रिय खेलकुद, छैटौ राष्ट्रिय खेलकुद र छैटौ राष्ट्रिय टिम गेममा उनले स्वर्ण पदक जिते । उनको सफलताको यात्रामा अन्य थुप्रै उपाधि जोडीए पहिलो गणतान्त्रीक राष्ट्रिय जुडो,दोश्रो खुल्ला राष्ट्रिय जुडो च्याम्पियनसीप र पाचौ खुल्ला जुडो च्याम्पियनसीपमा उनी च्याम्पियन नै भए ।
यी घरेलु प्रतियोगितामा सफलता पाउदै गरेका रमेसले पहिलो इन्डो नेपाल जुडो च्याम्पियनसीपमा काश्य पदक जितेका थिए । सन् २००९ मा बैंककमा भएको इन्डोर एसियाली मार्सलआर्टमा सहभागि उनका लागि ढाका साग भने एउटा पिडा दायक घटना बन्यो । मेस पिक फर्ममा थिए, तर, दुर्भाग्य यसै सागमा उनी घाइते भए । यो पिडा पछि पनि हरेस नखाएका उनले एक बर्ष पछि नै आफ्नो भाग्यलाई आफै बदले । यसैका फल स्वरुप एक बर्ष पछि पाकिस्तानमा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसीपमा रमेस रजत पदक जित्न सफल भए । सोही च्याम्पियनसीपमा रमेस सहितको नेपाली टोली टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भयो ।
यस पछि उनी सहभागि भए जापानमा भएको ग्रान्डस्लाम जुडो च्याम्पियनसीपमा उनी सहभागि भए । सन् २०१४ को १७ औ एसियाली खेलकुदमा रमेसले फेरी नेपालको प्रतिनिधित्व गरे । सन् २०१६ मा भएको एसियाली जुडो च्याम्पियनसीपमा सहभागि उनी १२ औ दक्षिण एसियाली खेलकुदमा काश्य पदक जित्न त सफल भए । तर, त्यही पुरानै चोट बल्झएि पछि लामो समय जुडो ऐरेनाबाट बाहीर रहे । शल्यत्रmिया र उपचार पछि फेरी उनी एरेनामा फकृने तयारी गरिरहेका छन् ।
यी यावत सफलताका लागि उनी विभिन्न सस्थाबाट सम्मानीत भइसकेका छन् । सन् २०११ मा नेपाल गणतान्त्रीक जुडो एसोसीएसन र राष्ट्रिय खेलकुद परिषद्बाट उनले सम्मान पाएका थिए । सन् २०१४ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ रामेछाप र केन्द्बाटै सम्माीनत उनी सन् २०१६ मा नेपाल जुडो संघ,बाल वातावरण केन्द्र र नेपाल जुडो संघबाट सम्मानीत भएका थिए ।
यो सफलता र सम्मानको यात्रामा उनी त्यत्ति सहजै आइपुगेका भने होइनन् । सन् २००८ मा दक्षिण एसियाली जुडो च्याम्पियनसीपको दौरान भोल्टीयरकै रुपम ासक्रियता जनाएका उनले पाचौ राष्ट्रिय प्रशिक्षक सेमिनारमा पनि प्रशिक्षण लिएका थिए । उनले तेश्रो एमएमसएसी जुडो तथा केन्दो च्याम्पियनसीप र दक्षिण एसियाली क्याडेट जुडो च्याम्पियनसीपमा अफीसीयलकै रुपमा आफूलाई संलग्न गराए । उनले सन् २०११ मा जेयुए एजुकेसन,कोचेज एन्ड काता सेमिनारमा आफूलाई समाहित गरे ।
सिडब्लुसिएनको आयोजनामा भएको प्रतियोगितामा रेफ्रिको भुमिकामा रहदै आफूलाई नया ढंगले प्रश्तुत गरेका उनी साउथ एसियन जुडो समिट एन्ड सेमिनारमा पनि सहभागि भए । सन् २०११ मा अत्यन्त सक्रिय उनले सन् २०१२ मा खेलाडी र प्रशिक्षककै रुपमा स्पोर्ट्स साइन्स सेमिनारमा आफ्नो उपश्थिती देखाए । जुडो फर पीस सेमिनारमा सहभागि उनी यस पछि आफूलाई क्याडेट र जुनियर तहमा लगातार रेफ्रिको भुमिकामा रहदै आएका छन् ।
उनले ढाका साग अघि भोपाल, १७ औ एसियाड अघि उज्वेकिस्तान र १२ औ साग अघि भुपालमा प्रशिक्षण लिएका थिए । जुन प्रशिक्षणले उनमा निखारता ल्याएको थियो । लामो समय एरेना बाहीर रहदा पनि रमेस खेलकुदमा सक्रिय रहे । उनको नेतृत्वमा रहेको च्याम्पियन्स क्लबको गतीबीधीले पछिल्लो पुस्ताका स्टारलाई खेलकुदमा लाग्न प्ररित गर्ने भावनात्मक एकतामा बाध्ने जमर्को गरेको छ । उनी आफै घरेलु च्याम्पियनको ताज फीर्ता हुने अपेक्षा सहित फेरी जुडो ऐरेनामा फर्कने योजनामा छन् ।

Comment