हिमालयन शेर्पाको जित

शहिद स्मारक लिग फुटबल अन्तरगत बुधबार भएको हिमालयन शेर्पा क्लबले मच्छिन्द्र क्लबलाई २–० लेपराजित गरेको छ । हिमालयनलाई जित दिलाउने क्रममा आशिष गुरुङले २१ औ तथा कर्ण लीम्बुले ९० औ मिनेटमा गोल गरे । यसैगरी जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब विच ३–३ गोलको बराबरी भएको छ । खेलमा नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र थ्रीस्टार क्लबले जित हात पारेका छन् ।
२६ औ मिनेटमा विकास लामाको गोलमा जावलाखेलले अग्रता लीए पनि फ्रेन्ड्स क्लबका पूवाद्र्धको इन्जुरी समयमा आर्जु सिंह, ४७ ओ मिनेटमा फोडे फाफना र ५२ ओ मिनेटमा सुमनले गोल गरे । यसैगरी, जावलाखेलका लागि ६८ औ मिनेटमा बोफना ब्राहिमान र ८२ औ मिनेटमा धिरज श्रेष्ठले गोल गरे ।

Comment