नेपाल टिम च्याम्पियन

नेपाल १६ औं डब्लुकेआई अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । नेपालले ६३ स्वर्ण हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । दोश्रो भएको भारतले १५ स्वर्ण हात पा¥यो । यस्तै बंगलादेशले ५ स्वर्ण सहित तेश्रो स्थान बनायो भने चौथो स्थानमा रहेको श्रीलङ्काले २ स्वर्ण प्राप्त ग¥यो ।

अन्तराष्ट्रिय वादो महासंघ र अल नेपाल वादोकाई कराते संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बेष्ट फाईटरमा पुरुष तर्फ श्रीलङ्काका धनुष्का प्रदीप र महिला तर्फ नेपालकी दिब्या गौतम घोषित भए । यस्तै उदियमान खेलाडीमा पुरुष तर्फ बंगलादेशका मोहम्मद नुर हुसेन र महिला तर्फ भारतकी शान्ति सिकोम उत्कृष्ट भए ।

बिजयी खेलाडी तथा टिमलाई पूर्व रक्षा मन्त्री तथा संघिय साँसद भिमशेन दास प्रधानले पुरस्कार वितरण गरेका थिए ।
च्याम्पियनसिपमा नेपालका २००, भारतका ४८, बंगलादेशका १७ र श्रीलङकाका ९ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

Comment