सुनुवार हङकङ प्रस्थान

जेयुए काता सेमिनार तथा परीक्षामा सहभागी हुन जुडोका मोहन सुनुवार आइतबार हङकङ प्रस्थान गरेका छन् । सेमिनार नोभेम्बर २७ तारिखदेखि सुरु हुँदैछ ।
जुडो सम्बन्धी कार्यक्रममै सहभागी हुन अन्य तीन पनि हङकङ जाँदैछन् । नोभेम्बर २८ मा हुने जेयुए अर्गनाइजिङ सेमिनार तथा परीक्षामा भाग लिन सुप्रसिद्ध ताम्राकार नोभेम्बर २७ मा हङकङ जानेछन् । त्यस्तै डिसेम्बर १ र २ मा हुने एसियाली जुडो खुला प्रतियोगितामा निर्णायकको भूमिकामा धर्मकुमार श्रेष्ठ र पदमबहादुर बुढाथोकी नोभेम्बर २९ मा हङकङ लाग्ने छन् ।
चारैलाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment