राष्ट्रिय इक्वेस्ट्रियन शनिबार

नेपाल इक्वेस्ट्रियन संघको आयोजनामा पाँचौं राष्ट्रिय इक्वेस्ट्रियन प्रतियोगिता शनिबार टुंडिखेलमा हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ३ र महिलामा २ गरी ५ स्पर्धामा समावेश गरिएको आयोजक संघका महासचिव बलराम श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सबैमा मिलाएर करिब २५ खेलाडीको सहभागिता रहने बताइएको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ ।
प्रतियोगितालाई जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको वारस्टेनरले मुख्य प्रायोजन गर्ने भएको छ । मुख्य प्रायोजन १२ लाख रुपैयाँ रहेको छ । सो सम्बन्धी सम्झौता पत्रमा आयोजक संघका अध्यक्ष रवि राजकर्णिकार र वारस्टेनरका प्रमुख कार्यकारी निर्देशक सशिन जोशीले हस्ताक्षर गरे ।

Comment