अभिषेक र विसाल सेमिफाईनलमा

प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङका अभिषेक सुनार र सुनसरीका बिसाल राई सेमिफाईनलमा प्रवेस गरेका छन् । पुरुष यू–२४ को ४९ केजीको खेलमा अभिसेकले रामेछापका सुरज स्याङताङलाई अंकका अधारमा हराए । विसालले गुल्मीका कुमार बुढामगरलाई अंककै आधारमा हराए । पुरुष ४९ केजीमा काठमाण्डौ बक्सिङ क्लबका दिपेस राई पनि सेमिफाईनलमा प्रवेस गरेका छन् । पुरुष यू–२४ कै ५२ केजीको खेलबाट सफलता हात पादै ललितपुरका बुद्ध लामा,दाङका पदम साही,जिमखानाका अभिषेक अधिकारी र केन्द्रिय बक्सिङका जिवन पुन पनि सेमि फाईनलमा प्रवेस गरेका छन् । पुरुष यू–२४ को ५६ केजीको खेलमा जित निकाल्दै कास्कीका पुरन राजकोट,सुनसरीका रविन धिमिरे,भक्तपुरका सुजन पौडेल र प्लाटिनियमका डिकेस लामा सेमिफाईनलमा प्रवेस गरेका छन् । पुरुष यू–२४ को ६४ केजीको स्प्रर्धामा नक्सालका मनिस भण्डारी,कास्कीका पवन गुरुङ,केन्द्रिय बक्सिङका कमल श्रेष्ठ र नक्सालका विवेक सिंह पनि सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । पुरुष यू–२४ को ७५ केजीमा मेघदुतका एमन महर्जन,टिकाथलीका प्रिन्स खड्का,दाङका गणेस बिक र प्लाटिनियमका सुमन महर्जनले आ–आफ्नो खेलमा जित निकाल्दै सेमिफाईनलमा प्रवेस गरेका छन् ।

राखेप कभर्डहलमा भएको महिला यू–१९ को ४८ केजीको क्वाटरफाईनल खेलमा दाङकी सुसिला थापा र नक्सालका रमिता श्रेष्ठले सेमिफाईनलमा स्थान बनाएका छन् । महिला यू–१९ को ५१ केजीको क्वाटरफाईनल खेलमा भापाकी अरुण यन्जन र नक्सालकी तेजी गुरुङले सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।

Comment