राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता शुरु

नेपाल बक्सिङ संघको आयोजनामा प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता बुधवार देखि शुरु भएको छ । त्रिपुरेश्वर स्थित कभर्डहलमा भएको यू–१९ को ४९ केजी तौल समूहमा उद्घाटन खेलमा रोल्पा शेखर पुरीले कास्कीका दिपु कार्कीलाई हराए । ४९ केजी तौल समूहमै दाङका सुरज ओलीले अल्फाका सुजल पुन मगरलाई अंकका अधारमा हराए । त्यस्तै ५२ केजी तौल समूहमा नक्शालका बिजेन्द्र प्रताप शाहले अल्फाका भियोजित पुनमगरलाई अंकका आधारमा हराए । ५२ केजी तौल यानब थुलुङ राईले एलेन बाडगामीलाइ,निर्मल सुबेदीले यमन श्रेष्ठलाई,अमर गुरुङले लक्ष्मण राई,रोहन माल्किले बेदबहादुर ओली र समिर चौधरीले सागर मल्ललाई हराए । युवा तथा खेलकुद मन्त्री जगदवहादुर सुनारले उद्घाटन गरेको प्रतियोगितामा मंसिर आठ सम्म संचालन हुने छ । प्रतियोगितामा यु १९ महिलातर्फ४८,५१,५४,५७ र ६० केजीका तौल समुह समाबेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६० र ६४ तौलमा प्रतिस्पर्धा हुने छ । त्यस्तै यु १९ देखि २४ मुनीको महिलार्मा ४८,५१,५४,५७ ,६० र ६४ केजीका तौल समुह समाबेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६०,६४,६९ ,७५ र ८१ केजी तौलमा प्रतिस्पर्धा हुने छन् । उद्घाटनका अवसरमा राखेप उपाध्यक्ष पिताम्बर तिमिल्सिना,सदस्य अर्जुन वहादुर केसी,संघका अध्यक्ष राम अवालेलगायतको उपस्थित रहेको थियो ।

Comment