क्युकेस चेस सुरु

क्युकेस स्पोर्ट्स समिट अन्तरगतको चेस प्रतियोगिता बिहिबार सुरु भयो । ६ वटा स्पर्धा समाबेश चेस प्र्रतियोगिता शुक्रबार सम्पन्न हुने छ । प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फका प्राथमीक ,निमाबी तथा मावी तहका भिन्ना भिन्नै खेल भइरहेका छन् । प्रतियोगितामा १ सय ५० भन्दा बढी खेलाडी सहभागि रहेका छन् ।
क्युकेएसमा काठमाडौंका २६ विद्यालय समाबेश छन् । मिट अन्तरगत यी विद्यालयका विचमा फुटसल, टेबलटेनिस,एथलेटिक्स र बास्केटबल प्रतियोगिता पनि हुने छ । मिट ९ डिसेम्बरसँम्म चल्ने छ ।

Comment