बक्सिङ टोली भारत जाँदै

आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार भारतको नयाँ दिल्ली जाने भएका छ ।
नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा विमला श्रेष्ठले ५१ केजी तथा पुनम रावलले ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य लक्ष्मण कार्की रहेका छन् । प्रतियोगितामा ६० बढी राष्ट्रको सहभागिता रहने बताइएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य अर्जुनबहादुर केसी, बक्सिङ संघका अध्यक्ष राम अवाले, कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धरलगायतले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे ।
सो अवसरमा अध्यक्ष अवालले आफ्नो परिवारका तर्फबाट नगद पुरस्कारको पनि घोषणा गरे । खेलाडीलाई एक बाउट जितेमा २५ हजार, दुई बाउट जितेमा ७५ हजार र पदक जितेमा २ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।

Comment