पौडी खेलाडी सिंगापुर प्रस्थान

सिंगापुरमा आयोजना हुने फिना वल्र्ड कप २०१८मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले एक कार्यक्रमविच बिदाई गरे ।यही नोभेम्बर १५ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा खेलाडी तर्फ डुवाना लामा, उपास्ती महर्जन तथा साईद हम्जा शाह, प्रशिक्षकमा रत्नलाल महर्जन तथा ब्यवस्थापकमा बिष्णु खड्का रहेका छन् । प्रतियोगितामा डुवाना र उपास्तीले ५० मि। फ्रि स्टायल र ५० र १०० मि। बेष्ट स्ट्रोक तथा शाहले ५० मि। फ्रि स्टायल, ५० र १०० मि। बेष्ट स्ट्रोक र ५० र १०० मि। बटरफ्लाईमा प्रतिस्पर्धा गर्ने छन् । सवै खेलाडीहरुको पहिलो अन्तराष्ट्रिय सहभागिता हो ।
बिदाई कार्यक्रममा नेपाल पौडी संघका सचिव एवं बरिष्ठ प्रशिक्षक ईश्वर कार्की, पूर्व प्रमुख प्रशिक्षक वाङ्गदेन लामा र प्रमुख प्रशिक्षक शंकर कार्कीको पनि उपस्थिती रहेको थियो । टोलीलाई बिदाई गर्दै महासचिव श्रेष्ठले उत्कृष्ट सफलता हात पार्न शुभकामना दिए ।
यस प्रतियोगितामा नेपाली खेलाडीहरुले आफ्नो ब्याक्तिगत समयमा सुधार गर्ने र आगामी दिनमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एशियाली खेलकुदमा राम्रो नतिजा प्राप्त गर्न सफल हुने प्रमुख प्रशिक्षक शंकर कार्कीले बताए । नेपाली टोली आईतबारनै त्यस तर्फ प्रस्थान गरे ।

Comment