आइटिएफमा घमको फड्को

सन २०१८ नोभेम्बर ९ तारिख मा आयोजना हुने तेक्वान्दो का जन्मदाता सोर्गिय जनरल चोइ होङ हि को सयौं जन्म स्मृति तथा अवार्डिङ कार्यक्रम मा नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासंघ को प्रतिनिधित्व गर्दै सस्थापक राज कुमार थापा र  केन्द्रीय सदस्य तथा राष्ट्रिय ब्ल्याक बेल्ट समितिका अध्यक्ष घम बहादुर थापा मंगलबार जनगणतान्त्रीक कोरिया  प्रस्थान भएका छन । 
कार्यक्रममा थापा “आउट स्त्यान्डिङ इन्स्तक्टर मेडल अवार्ड” को लागि अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ द्वारा मनोनीत भएको र नोभेम्बर ९ मा घम उक्त अवार्ड बाट सम्मानित हुने छन् । । नेपालमा तेक्वान्दो बिकासको निम्ति खेलेको महत्वपूर्ण भुमिकालाई कदर गरि अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले घम लाई उक्त मेडलले सम्मान गर्न लागेको हो।

Comment