त्रीशुललाई फुटबल उपाधि

गोदावरी नगरपालीका १३ वडाब्यापी खेलकुद महोत्सब सम्पन्न भएको छ । महोत्सबको अन्तिम दिन भएको फुटबल स्पर्धामा सहआयोजक त्रीसुल युथ क्लबले आरुबोट ब्वाइज क्लबलाई ३–२ ले हराउदै उपाधि जित्न सफल भयो । प्रतियोगितामा रुद्राक्ष क्लब तेश्रो भयो । उपाधि विजेता टोलीले २५ हजार, उपविजयीले १५ तथा तेश्रो हुने टोलीले १० हजार रुपैया पुरस्कार पाए । उपाधि विजेता त्रीशुलका नितेस खड्का उत्कृष्ट खेलाडी, आयुश जंग थापा उत्कृष्ट गोलरक्षक तथा सौरभ मल्ल शिर्ष गोलकर्ता भए ।
यस अघि सम्पन्न चेस प्रतियोगितामा मनिष घिमिरे पहिलो, प्रबीण घिमिरे दोश्रो र कल्याण घिमिरे तेश्रो भए । विजेताले ७ हजार, उपविजेताले ५ हजार तथा तेश्रो हुने खेलाडीले ३ हजार रुपैया पुरस्कार पाएको मुल आयोजक कमिटी संयोजक कृष्ण खड्काले जानकारी दिए ।
पुरुष तर्फको खुल्ला दौडतर्फ पारस देसार पहिलो,गणेश लोहार दोश्रो तथा समिर देसार तेश्रो भए । महिला तर्फ शुभ श्रीखड्का पहिलो,आयुष्मा केसी दोश्रो र रिदिमा केसी तेश्रो भए । उपाधिधारीले ७ , उपविजेताले ५ तथा तेश्रो हुनेले ३ हजार रुपैया पुरस्कार पाए । टेबल टेनिस स्पर्धामा शुसिल केसी पहिलो र सञ्जित केसी दोश्रो भए । विजेताले ५ तथा उपविजेताले ३ हजार रुपैया पुरस्कार पाए ।
युवा जागरण क्लब, युवा सुचना केन्द्र,त्रीसुल युथ क्लब र राष्ट्रिय पोसाक संरक्षण महा अभियान ललीतपुरको संयुक्त आयोजनामा भएको महोत्सबको समापन समारोहमा प्रमुख अतिथी प्रदेश सभा सदस्य लाल कुमारी पुनले पुरस्कार प्रदान गरिन् । वडा अध्यक्ष भाष्कर थापाको सभापतीत्वमा भएको पुरस्कार वितरण समारोहमा गोदावरी नगपालीकाका प्रमुख गजेन्द्र मर्हजन बिशिष्ट अतिथी थिए । कार्यक्रममा आइडब्लु एएफएनका कराते खेलाडीले प्रदर्शनी गरेका थिए ।

Comment