एभिएम टेबलटेनिस क्लबलाई सामाग्री

 आदर्श विद्या मन्दिर (एभिएम) मा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पाभेल रेहोरेकले शनिबार खेल सामग्री प्रदान गरेका छन् । केही समयदेखि ललितपुरको मानभवनमा रहेको एभिएम क्लबलाई प्रशिक्षण दिँदै आएका पाभेलले ३ हजार डलर बराबरको खेल सामग्री प्रदान गरेको राष्ट्रिय टेबलटेनिस खेलाडी पुरुषोत्तम बज्राचार्यले जानकारी दिए । खेल सामाग्रीमा ६ वटा बोर्ड, रोबोर्ट, बल र जर्शीलगायत रहेको पुरुषोत्तमले जानकारी दिए ।

सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल साही, स्वीस प्रशिक्षक पाभेल र एभिएमकी प्रिन्सिपल सुजिता मानन्धरले नवनिर्मित टेबलटेनिस हलको उद्घाटन गरे । कार्यक्रममा गत ८ देखि २७ अक्टोबरसम्म भएको टेबलटेनिस प्रशिक्षण क्याम्पमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान समेत गरिएको थियो । कुल ६० खेलाडीले सहभागी क्याम्पमा स्वीस प्रशिक्षक पाभेलले प्रशिक्षण दिएका थिए ।

Comment