नेपालको विजयी सुरुवात

साफ यु–१५ फुटबल च्याम्पियनसीपको पहिलो दिन भएको खेलमा आयोजक नेपालले माल्दीभ्सलाई ४–० ले पराजित गरेको छ । सोही दिन भएको अर्को खेलमा पाकिस्तानले भारत माथि २–१ को जित हात पारेको छ । नेपाललाई जित दिलाउने क्रममा जान लीम्बु,शशांक बोहरा र दिपेश राइले गोल गरे ।
२८ औ मिनेटमा जानको पेनाल्टी गोलमा नेपालले पहिलो अग्रता लीएको हो । विपक्षी गोलरक्षक नभुवन मोहम्मदले राकेश बिश्वकर्मालाई पेनाल्टी बक्समा लडाए पछि नेपालले पेनाल्टी अबसर पाएको हो । नमसले ३८ औ मिनेटमा गोल गरे । विश्वासी देखिएको नेपाल उतराद्र्धमा थप दुइ गोल गर्न सफल भयो । बोहराले ६३ औ तथा दिपेसले ७० औ मिनेटमा गोल गरे ।
पाकिस्तानलाई जित दिलाउने क्रममा अददान जस्टीनले पहिलो तथा वसीफले दोश्रो हाफमा गोल गरे । जस्टिनले ३० औ मिनेटमा गोल गरे भने भारतका लागि थाल्चेउ भनलाल राउटेलाले ५३ औ मिनेटमा गोल गरे । ८४ औ मिनेटमा बैकल्पीक खेलाडीको रुपमा मैदान प्रबेश गरेका वसिफले त्यसको एक मिनेट पछि नै गोल गरे । नुदासर नजारको क्रसलाई उपयोग गर्दै उनले साघुरो कोणबाट गोल गरे ।

Comment