प्रदिपको सफलता

रसिया मा आयोजित एक यूरोपियन च्याम्पियनसिपमा नेपाली हाप्किडो खेलाडीले  सफलता प्राप्त गरेका छन। द यूनियन अफ हाप्किडो फ़ेडेरेसन रसिया द्वारा आयोजित ओपन यूरोपियन अल स्टाइल स्पोर्ट्स हाप्किडो च्याम्पियनसिपमा अकटोबर १२ देखी १३ सम्म रसियाको सेंटपिटरबग मा भएको प्रतियोगितामा नेपाल का लागी प्रदीप थापाले ७२ के.जी. तौल समूह भन्दा माथीमा कांस्य पदक प्राप्त गरेका छन।
उक्त खेलका लागी अमेरिका,भारत,रसिया,जर्मनी,आर्मेनिया, इरान,ऑस्ट्रिया,नेपाल लगायत सहित विभिन्न १ दर्जन बढि देशका खेलाडीहरुले उक्त च्याम्पियनसिपमा भाग लिएका थिए ।उक्त च्याम्पियनसिपमा टीम मेनेजर दीपेन्द्र तामाङ र कोचमा प्रमुख प्रशिक्षक लानम लामा गएका थिए।
Comment