मनिषलाई चेस उपाधि

मनिष घिमिरेले गोदावरी नगरपालीकामा भएको झरुवारासी वडाब्यापी चेस प्रतियोगिताको उपाधि जितेका छन् । उनले पाच चरणको खेलमा चार स्कोर गरे । समान स्कोर गरेका प्रबिण घिमिरे दोश्रो तथा कल्याण घिमिरे तेश्रो भए ।
झरुरारासीका युवाहरुको चार सक्रिय सस्थाको संयुक्त आयोजनामा जारी खेलमहोत्सब अन्तरगत चेस प्रतियोगिता भएको हो । महोत्सब अन्तरगत टेबलटेनिस, दौड र फुटबल प्रतियोगिता जारी छ । उपाधि धारी मनिष नेपालको टिम च्याम्पियन थापाथली चेस पार्कमा प्रशिक्षणरत खेलाडी हुन् ।

Comment