प्रत्ना र अद्रित पहिलो

फस्ट नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीपका ८ वर्ष उमेर समूहका खेलमा प्रत्ना मानन्धर र अद्रित नेपाल प्रथम भएका छन् । नौलिन स्पोट्र्स भिल्लाले आयोजना गरेको खेलमा गल्सतर्फमा फाइनल खेलमा मानन्धरले साम्राज्ञी लामा र नेपालले स्पन्दन तिमल्सिना पराजित गरेका हुन् । त्यसैगरी यु १४ डबलको सलोनी तामाङ र शभ्रानी श्रेष्ठले जतिेका छन् । उनीहरुले जेनी महर्जन र मार्शा महर्जनलाई पराजित गरेका हुन् । त्यसैगरी ब्वाइजतर्फका यु १४ डबलका उपाधी चिराग तिमल्सिना र प्रतिम परियारले जितेका छन् । उनीहरुले सरोज तामाङ र सफल श्रेष्ठका जोडीलाई पराजित गरेका हुन् । यु १० गर्लमा प्रतिक्षा लामा, समृद्धि महर्जन खेल जितेका छन् ।
त्यसैगरी अन्य उमेर समूहका विभिन्न चरणका विभिन्न खेलहरु भएका छन् । यु १० व्बाइजतर्फको बुधबारको खेलमा सक्षम शाह, दर्शील श्रेष्ठ, श्लोक खड्का, आयुतमान हजुर घले, बोरिस अधिकारी, सम्मान बस्नेत, राजवीर प्रधान विजयी भएका छन् । त्यसैगरी यु ९ ब्वाइजतर्फ सिर्जन भट्टराई र साश्वत बज्राचार्यले आफ्नो खेल जितेका छन् । त्यसैगरी यु १२ ब्वाइजतर्फ नेहल थापाले आफ्नो खेल जितेका छन् ।
मंगलबारबाट शुरु भएको यस प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

Comment