पुलिसका तारा देवी र सन्देश स्ट्रङ्गेष्ट खेलाडी घोषित

नेपाल प्रहरीकी तारा देवी पुन र सन्देश गुरुङ्ग दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गेष्ट खेलाडी हुन सफल भएका छन् । ताराले ७५ केजी तौल माथीको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिईन् । उनी अघिल्लो संस्करणमा पनि यस उपाधीबाट सम्मानित भएकी थिईन् । यस्तै सन्देशले १०५ केजी तौलमा २५८ केजी भार बहन गरेका थिए । उनीहरुले नगद ११ हजारका साथै ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।
नेपाल भारोत्तोलन संघका पूर्व उपाध्यक्ष एवं ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा आयोजना गरिएको प्रतियोगितामा पुरुष सिनियर तर्फ नेपाली सेनाका कमल बहादुर अधिकारी र जुनियर तर्फ बाँकेका प्रकाश के.सी. उत्कृष्ट भारोत्तोलक घोषित भए । महिला तर्फ सिनियरमा नेपाल प्रहरीकी देवी कुमारी चौधरी र जुनियर तर्फ बाँकेकी संजु चौधरी उत्कृष्ट भारोत्तोलक घोषित भए ।
विजयी खेलाडीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको जुनियर तर्फ पुरुषमा एपिएफका लालबाबु पासवान र महिलामा डिभाईन फिटनेशकी पल्लवी चौधरी उदियमान खेलाडी घोषित भए । उनीहरुले ट्रफी, प्रमाण पत्रका साथै जुरी घनश्याम मुखियाबाट प्रोत्साहन स्वरुप नगद २५÷२५ सय प्राप्त गरे ।
नेपाली सेनाका राजु चौधरीले सिनियर तर्फ ६२ केजी तौलमा २०३ केजी भारका साथ स्वर्ण हात पारे । चौधरीले स्नाचमा ८८ केजी र क्लिनमा ११५ केजी भार बहन गरे । दोश्रो स्थानमा नेपाल प्रहरीका मुई लामा रहे । उनले स्नाचमा ८७ केजी र क्लिनमा १०० केजी भार बहन गरे । कास्य पदक पाएका एपिएफका सुभाष कुमार शाहले १७४ केजी भार बहन गरे । उनले स्नाचमा ७८ र क्लिनमा ९६ केजी भार बहन गरे । जुनियर तर्फ नेपाल प्रहरीका गणेश रानाभाटले १६१ केजी भारका साथ स्वर्ण कब्जा गरे । उनले स्नाचमा ७३ केजी र क्लिनमा ८८ केजी भार बहन गरे । दोश्रो स्थानमा बाँकेका तुसार बुढामगर रहे । उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजी गरि कुल १५० केजी उचाले । तेश्रो स्थानमा रहेका पर्साका निरज गुप्ताले स्नाचमा ५०, क्लिनमा ६७ गरि कुल ११७ केजी उचाले ।
प्रतियोगिताको ६९ केजी तौलमा ओलम्पियन कमल अधिकारीले २५५ केजी भारका साथ स्वर्ण पाए । सेनाका उनले स्नाचमा ११० र क्लिनमा १४५ केजी उचालेका थिए । एपिएफका महेश चौधरीले २१० केजी भार बहन गर्दै रजत पाए । उनले स्नाचमा ९० केजी र क्लिनमा १२० केजी उचाले । कास्य पदक पाएका सेनाका जीवन तामाङ्गले स्नाचमा ७५, क्लिनमा १०२ केजी गरि कुल १७७ केजी उचाले । जुनियर तर्फ बाँकेका प्रकास के.सीले स्वर्ण हात पारे । उनले स्नाचमा ९५ केजी र क्लिनमा १२२ केजीका साथ कुलमा २१७ केजी बार बहन गरे । बाराका सजरुद्धिन आलमले कुलमा १५५ केजीका साथ रजत र बाँकेका प्रशान्त योगीले कुलमा १४० केजीका साथ कास्य पाए ।

पुरुषकै सिनियर ७७ केजी तौलमा नेपाल पुलिसका विकास थापाले स्नाचमा ११२, क्लिनमा १३० केजीका साथ कुलमा २४२ केजी भारका साथ स्वर्ण पाए । दोश्रो स्थानमा रहेका नेपाली सेनाका यज्ञबहादुर सारुले कुलमा २२० केजी भार उचाले । एपिएफका तिलक थापाले १८५ केजीका साथ कास्य पाए । जुनियर तर्फ बाँकेका सुरज बैश्यले १९५ केजी भारका साथ स्वर्ण कब्जा गरे । उनले स्नाचमा ८५ केजी र क्लिनमा ११० केजी उचाले । झापाका सुलभ बस्नेतले कुल १०२ केजीका साथ रजत पाए ।
ललितपुर कुमारीपाटीस्थित अग्नी पार्टि प्यालेसमा भएको प्रतियोगिताको ८५ केजी तौलमा नेपाल प्रहरीका ओम प्रकास बैश्यले २२६ केजी भारका साथ स्वर्ण पाए । उनले स्नाचमा १०० केजी र क्लिनमा १२६ केजी उचाले । सेनाका दिनेश कार्की र एपिएफका सन्तोष चौधरीले रजत र कास्य पाए । दिनेशले २०३ केजी र सन्तोषले १९८ केजी तौल उचाले । जुनियर तर्फ कञ्चनपुरका विकास भट्टले स्नाचमा ६० र क्लिनमा ८२ गरि कुल १४२ केजीका साथ स्वर्ण हात पारे । दोश्रो स्थानमा ११२ केजीका साथ बाराका नाग अर्जन गुप्ता रहे । यसै गरि ९४ केजीको सिनियर तर्फ नेपाली सेनाका टहल बहादुर बसेलले पुलिसका खेलाडीहरुलाई पछि पार्दै स्वर्ण पाए । उनले स्नाचमा ८८, क्लिनमा १२५ केजी गरि कुलमा २१३ केजी भार बहन गरे । पुलिसका गगन चन्दले रजत र श्री कृष्ण महर्जनले कास्य पाए । गगनले स्नाचमा ९० केजी र क्लिनमा १२१ केजीका साथ कुलमा २११ केजी भार बहन गरे । यस्तै श्री कृष्णले स्नाचमा ९५ र क्लिनमा ११५ केजी गरि कुल २१० केजी उचाले । जुनियर तर्फ कञ्चनपुरका विशाल सिंह बिष्टले कुल १९५ केजीका साथ स्वर्ण कब्जा गरे । एकल प्रतिस्पर्धामा उनले स्नाचमा ८५ र क्लिनमा ११० केजी भार उचाले ।
पुरुषको १०५ केजी तौलमा स्ट्रङ्गेष्ट खेलाडी घोषित नेपाल प्रहरीका सन्देश गुरुङ्गले २५८ केजी भारका साग स्वर्णलाई आत्मसाथ गरे । उनले स्नाचमा ११५ केजी र क्लिन एण्ड जर्कमा १४३ केजी भार बहन गरे । दोश्रो स्थानमा रहेका नेपाली सेनाका विनोद खड्काले स्नाचमा ८५ केजी र क्लिनमा ११५ केजीका साथ २०० केजी भार बहन गरे । यस्तै एपिएफका रनबहादुर नगरकोटीले १९९ केजीका साथ कास्य पाए । उनले स्नाचमा ८६ केजी र क्निलमा ११३ केजी भार उचाले । जुनियर तर्फ बर्दियाका रोशन बिसीले एकल प्रतिस्पर्धा गर्दै स्वर्ण पाए । उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजीका साथ १५० केजी भार उचाले ।
१०५ केजी माथीको तौलमा सेनाका पुकार गुरुङ्ग पहिलो भए । उनले स्नाचमा ११५ केजी र क्लिनमा १३० केजी गरि कुल २४५ केजी भार उचाले । दोश्रो स्थानमा रहेका बाराका आदर्श कुमार गुप्ताले १२६ केजी उचाले । उनले स्नाचमा ५६ र क्लिनमा ७० केजी उचाले । यस्तै जुनियर तर्फ कञ्चनपुरका सागर भण्डारीले स्नाचमा ९७ केजी र क्लिनमा १२५ केजी गरि कुल २२२ केजी उचाले । रुपन्देहीका प्रविन नेपालीले स्नाचमा ६० केजी र क्लिनमा ७० केजी गरि कुल १३० केजीका साथ रजत पाए ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, सुनिललाल जोशीकी धर्म पत्नी रेखा जोशी, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन, महासचिव पार्थ सारथी सेन गुप्त लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment