चितवन टाईगर्स र एपीएफ उपाधि भिडन्तमा

आधी आवाधी एनभीए महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चितवन टाईगर्स र एपीएफ भिड्ने भएका छन् ।
त्रिपूरेश्वर स्थित दशरथ रंगशालाको कवर्डहलमा मंगलबार सम्पन्न सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लबलाई हरायो । अर्को सेमिफाइनलमा एपीएफले न्यू डायमण्ड क्लबलाई पराजित ग¥यो ।
पहिलो सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लबको चुनौती ३–० कै सोझो सेटमा पन्छायो । पहिलो र दोस्रो सेटमा २५–११ र २५–१४ को पराजय भोगेको पुलिसले तेस्रो सेटमा भने चितवनलाई कडा टक्कर दिएको थियो । प्रतिष्पर्धात्मक तेस्रो सेटमा पुलिसले १९–१५ को अग्रता लिएको थियो । तर चितवनले उत्कृष्ट पुनरागमन गर्दै २४–१९ को स्थितीमा खेल उल्टायो । त्यसपछि पुलिसले पुनः सेट पोइन्ट २३ सम्म पु¥याएपनि खेल २५–२३ ले गुमाउन पुग्यो ।
अर्को सेमिफाइनलमा एपीएफले न्यू डायमण्डलाई ३–० कै सेटमा हरायो । यो खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । पहिलो सेटमा २५–२२ को जित निकालेको एपीएफले दोस्रो सेट २६–२४ ले जित्यो । तेस्रो सेटमा २५–२३ को जित निकाल्दै एपीएफले चितवनसँगको भिडन्त पक्का बनायो ।
भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।

Comment