मनमैजु डोजो टिम च्याम्पियन

मनमैजु डोजो दोश्रो उपत्यकाब्यापी वादो कराते च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । मनमैजुले १० स्वर्ण १ रजत र ३ कास्य प्राप्त गर्दै टिम च्याम्पियन भएको हो । दोश्रो भएको ईचङ्गुनारायण डोजोले ४ स्वर्ण, ४ रजत र २ कास्य प्राप्त ग¥यो । तेश्रो स्थानमा रहेको स्वयंभु डोजोले २ स्वर्ण, १ रजत र १ कास्य हात पार्न सफल भयो ।
पहिलो दोश्रो र तेश्रो हुने टिमले नगद १० हजार, ८ हजार र ५ हजारका साथै ट्रफी प्राप्त गरे ।माछापोखरीस्थित नागर्जुन पार्टि भेनयुमा भएको प्रतियोगितामा प्रतियोगिताकै उत्कृष्ट खेलाडी मनमैजुकी ममता महर्जन घोषित भईन् । उनले नगद ३ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् ।
यस्तै महिला तर्फ उदियमान खेलाडीमा एलिजिभ एकेडेमीकी अबिगेल थापामगर र पुरुष तर्फ माछापोखरी डोजोका बिकास घर्तीमगर घोषित भए । यस्तै उत्कृष्ट खेलाडीमा पुरुष तर्फ ठेचो डोजोका स्वयं महर्जन र महिला तर्फ बुगमतीकी मनिषा खड्का घोषित भए । उनीहरुले नगद ३ हजार सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
बिजयी टिम तथा खेलाडीहरुलाई पूर्व रक्षा मन्त्री एवं संघिय प्रतिनिधी सभाका साँसद भिमसेन दास प्रधान लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा १४ डोजोका १५० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Comment