नक्साल डोजोमा ग्रेडिंग  सम्पन्न

नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा सिनियर तथा जुनियर ग्रेडिंग   शनिवार  सम्पन्न भएको छ । उक्त ग्रेडिंगमा ह्वाईट बेल्ट देखि सिनियर ब्ल्याक(बेल्ट दोश्रो डान सम्मका खेलाडीहरुको ग्रेडिंग भएको थियो । उक्त ग्रेडिंगमा ह्वाईट बेल्ट देखि अरेन्ज बेल्टमा उत्तीर्ण हुन सफल हुनेहरुमा समीर चौलागाईं,जेनिश कार्की,दिपेश भुजेल,बुद्ध तामाँग ,शिब बहादुर काफ्ले रहेका छन । त्यसैगरी अरेन्ज बेल्ट देखि हाफ ग्रीन तर्फ सांगे गुरुंग,काब्य राई,बिशु कुमार यादव, राम बिश्वास राउत कुर्मी,प्रतिक घर्ती मगर उत्तीर्ण भएकाछन भने हाफ ग्रीन देखि ग्रीन बेल्टमा उत्तीर्ण हुनेहरुमा अमृत गौतम दर्जी,सागर राई, रहेका छन् ।
त्यसैगरी ग्रीन बेल्ट देखि स्टेप ब्राउन तर्फ अभय खपाँगी,अशोक तामाँग,निशान श्रेष्ठ,बिकाश श्रेष्ठ,सागर राई सफल भए । स्टेप ब्राउन देखि जुनियर ब्राउन बेल्टमा रेहन जावेद उत्तीर्ण हुन सफल भए भने सिनियर ब्राउन देखि ब्ल्याक(बेल्ट तर्फ सुदिप बलामी ,रोहन चौधरी सफल भए भने रश्मिता श्रेष्ठ ब्ल्याकबेल्ट दोश्रो डान लिन सफल भइन् । ३५ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिंग नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् नेपाल स्वयम(सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष गजेन्द्र बहादुर खपाँगी ईश्वरले लिएका थिए । उक्त कार्यक्रममा शाखा डोजो नक्सालका कोषाध्यक्ष पुनम थापा,सहायक प्रशिक्षक एवम रािष्ट्रय निर्णायक सुकलाल मोक्तान, सहायक राष्ट्रीय खेलाडी तथा सहायक प्रशिक्षक आकाश पालको उपस्थिती रहेको थियो ।

Comment