गोजुरियोको राष्ट्रिय सेमिनार सम्पन्न

नेपाल गोजुरियो कराते संघको एक दिने राष्ट्रिय रेफ्रि सेमिनार शुक्रबार सम्पन्न भयो । शनीबार आयोजना हुने आठौ राष्ट्रिय गोजुरियो च्याम्पियनसीपको पूर्व सन्ध्यामा सो सेमिनारको आयोजना भएको हो । सेमिनारबाट ३५ जना राष्ट्रिय रेफ्रि भएका छन् । महासचिव बि आर मित्रा र सचिव सानुबाबु गीरी लगायतले प्रशिक्षण दिएका थिए ।

Comment