रामेछापमा फैलदै आईडब्लुएफ

आईडब्लुएफएन कराते डो संघको दोरम्बा शाखा डोजो उद्घाटन भएको छ । बुधबार रामेछाप, दोरम्बास्थ्ति टोकरपुरमा उद्घाटन भएको सो डोजो रामेछाप जिल्ला संघकोे पाचौं शाखा हो । कार्यक्रममा कमान सिंह मोक्तान, उपाध्यक्ष कृषाला घिसिङ्ग, पूर्व सभासद तथा नेकपाका नेता देवशंकर पौडेल र डिल्लीमान तामाङका साथै उक्त गाउपालिका भित्रका वडाध्यक्षहरुकोे उपस्थितीमा सम्पन्न भएको छ ।
कार्यक्रममा आई. डब्लुएफएन करातेका दोरम्बा शाखाको १५० भन्दा खेलाडीहरुको उपस्थितीमा कराते प्रदर्शनी र स्थानिय कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम समेत भएको थियो । कार्यक्रम करातेका केन्द्रिय प्राबधीक कमिटीका कोषाध्यक्ष एवं रामेछाप जिल्ला प्रमुख ज्ञान बहादुर थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम रोमछाप जिल्ला सचिव सरोज थापाले संचालन गरेका थियो ।

Comment