पदक विजेता खेलाडी सम्मानित

नेपाल ओकिनावा सुरिकेन शोरिन रियो कराते संघले आफ्ना पदक विजेता खेलाडीलाई बुधबार नगदसहित सम्मान गरेको छ ।सिंगापुरमा गत सेप्टेम्बर १ तारिखमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता ८ वर्षिय आर्यन रन्जित र सागर शाहीलाई नगदसहित सम्मान गरिएको हो । दुवैलाई जनही १५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
सोही अवसरमा उक्त प्रतियोगितामा टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका रामकृष्ण श्रेष्ठ र प्रशिक्ष सञ्जय रन्जितलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले उनीहरुलाई नगद र प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सदस्य–सचिव विष्टले कलिलै उमेरमा अन्तर्राष्ट्रिय पदक जितेर आर्यनले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएको बताउदै आर्यनको भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गरे ।
Comment