भारोत्तोलन खेलाडी पोल्यान्ड प्रस्थान

युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली सोमबार पोल्यान्डको पोड्लस्का प्रस्थान गरेको छ ।
सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५६ केजीमा गणेश रानाभाट तथा महिला ५३ केजीमा मनीषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन् ।
टोली नेतामा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी तथा प्रशिक्षकमा संगमसिंह थापा रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष शैलेश कर्माचार्यले एक कार्यक्रमबीच सोमबारै बिदाइ गरे ।

Comment