पूर्ण चेसकर्मी सूरवीरको कमब्याक

नमूना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपको उपाधि सुरवीर लामाले जितेका छन् । बौद्धस्थित नमूना चेस क्लवको हलमा भएको प्रतियोगितामा सात चरणमा ६ अंकसहित उपाधि जितेका लामाले ५० हजार पुरस्कार पाए ।
स्वीस लिग फर्म्याट अनुसार खेलाइएको प्रतियोगिताको सातौं चरणमा लामाले राजन सुवेदीलाई पराजित गरी उपाधि जितेका हुन् । उपाधि विजेता सुरबीर लामो समय पछि राम्रो लयमा देखिएका हुन् । पूर्व राष्ट्रिय च्याम्पियन सुरबीरको सानदार प्रदर्शनमा मच्छिन्द्र क्लब दोश्रो राष्ट्रिय टिम च्याम्पियनसीपमा उपविजेता बनेको थियो । त्यस पछिको सस्कारणमा उनी प्रशिक्षक तथा खेलाडी रहेको गोल्डेनगेट चेस क्लबले उपाधि जितेको थियो । त्यसो त नेपाली चेसका स्टार खेलाडी विवेक थिङ, हिमाल लामा र मिलन लामाको यो खेलमा आगमन र उदयमा सुरबीरको भुमिका त्यत्तिकै महत्वपूर्ण रहेको छ ।
खेलाडी र प्रशिक्षकको रुपमा राम्रो छबी भएका सुरबीर ब्यबस्थापीय र प्रतियोगिता आयोजनाका प्राबीधीक काममा समेत दक्ष मानीन्छन् । खेलकर्मीमा आबस्यक सामाजीक चेतना र मानबीय सम्बेदनाको भावना पनि पूर्ण भएका कारण उनलाई पूर्ण खेलकर्मीको रुपमा चिनिन्छ । नेपाली चेसका विभिन्न मुद्धामा स्वार्थ भन्दा सत्यलाई प्राथमिकता दिएकै कारण नेपाली चेसमा उनको पृथक महत्व रहेको छ । लामो समय थाइल्यान्डमा प्रशिक्षकको रुपमा रहेका लामा उनको नेपाल आगमन पछि भएका धेरै प्रतियोगितामा भने राम्रो लयमा थिएनन् ।
आइतबार सम्पन्न प्रतियोगितामा साढे ५ अंकसहित  क्याण्डिडेट मास्टर कृष्ण थापा  दोस्रो भए  । समान साढे ५ अंक भए पनि बुकोल्सका आधारमा अर्का क्याण्डिडेट मास्टर मदनकृष्ण कायस्थ तेस्रो भए । समान पाँच अंक भए पनि फिडे मास्कर मनिष हमाल चौथो र क्याण्डिडेट मास्टर केशव श्रेष्ठ पाचौं भए । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडी   शान्ति धिमाल  तथा उत्कृष्ट क्लव खेलाडी आयोजक नमूना बौद्ध चेस क्लवका निरञ्जन पुडासैनी भए  ।

Comment