नेपाल साफ च्याम्पियनसीपको सेमिफाइनलमा

बंगलादेशलाई २–० ले हराउदै नेपाल सुजुकी साफ च्याम्पियन्ससीप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । नेपाललाई जित दिलाउने क्रममा विमल घर्ती र नवयुग श्रेष्ठले गोल गरे । सुरुमा दवावमा खेलेको नेपाल विस्तारै आफ्नो लयमा देखिएको थियो । ३५ औ मिनेटमा विमलले ३५ यर्डबाट फ्रिकीकमा गोल गरे भने ९० औ मिनेटमा बैकल्पीक खेलाडी नवयुग श्रेष्ठले गोल गरे । फैजलले नेपालका सुनिल वललाई लडाए पछि नेपालले फ्रिकीकको मौका पाएको थियो । नवयुग ६७ औ मिनेटमा भरतको स्थानमा मैदान प्रबेश गरेका थिए ।
नेपालले समुहबीको उपविजेतासंग बुधबार सेमिफाइनल खेल खेल्ने छ ।

Comment