उपाधि जिते प्रत्येक खेलाडीले ५ लाख पाउने

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आसन्न साफ सुजुकी कप फुटबल प्रतियोगितामा नेपालले उपाधि जिते टोलीका खेलाडीलाई ५ लाख रुपैया प्रदान गर्ने घोषणा गरेका छन् । आइतबार टोलीलाइ विदाइ गर्न आयोजित कार्यक्रममा शेर्पाले सो घोषणा गरेका हुन् । टोली आइतबार नै त्यस तर्फ प्रस्थान गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार, राखेपका सदस्य सचिव केशब कुमार विष्ट र एन्फा महासचिव इन्द्रमान तुलाधरले टोलीलाई शुभकामना दिए ।
टोलीका प्रशिक्षक बालगोपाल मर्हजन र कप्तान विराज मर्हजनले उत्कृष्ट प्रदर्शनको प्रतिबद्धता ब्यक्त गरे ।

Comment