सेल्फ डिफेन्स प्रशिक्षण सम्पन्न

सेल्फ प्रेरणाको आयोजना तथा नेपाल सेल्फ डिफेन्स एसोसीएसनको सहयोगमा तीन दिने सेल्फ डिफेन्स प्रशिक्षण सम्पन्न भयो । युवक माबीमा मंगलबार प्रमुख अतिथी काठमाडौ महानगरपालीकाकी उपप्रमुख हरि प्रभा खड्गीको प्रमुख आतीथ्यमा सम्पन्न भयो । सो अबसरमा प्रमुख अतिथी खड्गीले नेपालमा महिला हिंसा बढीरहेको समयमा महिला तथा बालबालीकाका लागि सेल्फ डिफेन्स प्रशिक्षण बढी आबस्यक रहेको कुरामा जोड दिइन् ।
प्रेरणाकी अध्यक्ष राधीका अधीकारीको सभापतीत्वमा भएको कार्यक्रममा काठमाडौ जिल्ला खेलकुद विकास समितीका सचिव लीलाराम बस्नेत र सेल्फ डिफेन्स एसोसीएसनका अध्यक्ष डिबी रानापालको पनि उपश्थिती थियो । तीन दिने कार्यक्रममा सञ्जु मर्हजन प्रमुख अतिथी रहेकी थिइन् भने राधीका हमाल र केदारेश्वर मान स्थापीत प्रशिक्षक थिए । यस अघि यसै खाले प्रशिक्षण लोयल्टी स्कुलमा पनि भएको थियो ।

Comment