प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिता २०१८ सम्पन्न

नेवाः पुचः युएई ले आफ्नो स्थापनाको १५ औं वर्षको उपलक्ष्यमा प्रथम नेवाः पुचः युएई भलिबल प्रतियोगिताको आयोजना गरेको छ । युएईमा रहेका १८ वटा भलिबल टिम सहभागि प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको आयोजक आयोजक नेवाः पुचः युएईका महासचिब कुमार बलामीले जानकारी दिए ।
सो कार्यक्रमको सभापत्तित्व पुचःका अध्यक्ष लक्ष्मण श्रेष्ठले गरेका थिए । प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ्ग रिन्जी शेर्पा उपिश्थित थिए भने नेपाली समाजका सचिव कृष्ण पौडेलु, तमु समाजका अध्यक्ष उषा तमु, काठमाण्डु ट्राभल्स एण्ड टुर्सका सुर्य गिरी, प्रवासी भुजेल समाजका सचिब सरिन भुजेल, किरात राई यायोक्खा शाखाका वरिष्ठ उपाध्यक्ष बुद्धि मेवाहाङ राई(ओबेक राई), नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युएई शाखाका कोषाध्यक्ष अन्जली लोप्चन र हिमाल रेमिटका रमिल प्रधान पनि उपश्थित थिए ।
पुचःका संरक्षक प्रमोद श्रेष्ठु, सल्लाहकार तथा एनआरएनए शारजाह क्षेत्रिय अध्यक्ष विरेन्द्र कुमार नकर्मी, मानार्थ सदस्य भिम नारायण श्रेष्ठ तथा मिसाः पुचः अबुधाबीका उपाध्यक्ष मीना श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा युएईका लागी नेपालको तर्फबाट खेलकुद प्रतिनिधी एभरेष्ट मार्शल आर्टसका टेक्निकल डाईरेक्टर एबं पुचःका केन्द्रिय सदस्य रबि शाहीज्युको नेतृत्वमा मार्चपास भएको थियो ।
नेपाली चुल्हो, अबुधाबीको मुख्य प्रायोजन रहेको सो प्रतियोगिताका अन्य प्रायोजकहरु हिमाल रेमिट, युएई एक्स्चेन्ज, आइएमई ग्लोबल एक्स्चेन्ज, मेडिक्लिनिक, क्युटलूक ब्युटी पार्लर, आइएमई मनि ट्रान्स्फर र शुभयात्रा ट्राभल्स थिए । यसैगरी, नाङ्गलो रेस्टोरेन्ट, काठमाण्डु प्यालेस रेस्टोरेन्ट, टकाडो मेक्सिकन किचन र ट्रान्सफास्ट मनि एक्स्चेन्ज, रानी तथा बार्बिकन जुस, ट्राभहिल ट्राभल्स, कान्तिपुर ट्राभल टुरिज्म, वाटिका क्रिम, स्व.क्रिश्टिना भण्डारी कोष समिति पनि प्रायोजकको रुपमा रहेका थिए । त्यस्तै व्यक्तिगत रुपमा बल बहादुर गुरुङ्ग, सोम प्रसाद श्रेष्ठ, बिनोद प्रधान,सन्तोष श्रेष्ठ, प्रविण श्रेष्ठ तथा कृष्ण कटुवाल र कल्पना कटुवालको पनि सहयोग रहेको थियो ।
खेल संयोजक हिरा लाल श्रेष्ठ थिए भने उपसंयोजक रवीको साथमा राजेश प्रधान थिए । यसै गरी पुचः को अबुधाबी समितिबाट सुनिल मान श्रेष्ठ, राहुल श्रेष्ठ, राजेश श्रेष्ठ, मनोज कुमार सैंजुको तथा शारजाह समितिबाट मनोज प्रसाद श्रेष्ठ, प्रेम श्रेष्ठको कार्यक्रममा विषेश भूमिका रहेको थियो । खेल सम्पन्न गर्न पुचः का कोषाध्यक्ष अर्जुन श्रेष्ठ, महिला प्रमुख कामना श्रेष्ठ, अनिल जोशी, नविना शाक्य, गोपाल महर्जन, प्रमिला श्रेष्ठ, निश्मा श्रेष्ठ, निरु श्रेष्ठ, न्हुच्छे बहादुर सुवाल श्रेष्ठ, सुभाष श्रेष्ठ, नविन श्रेष्ठ, रिता शाही, सुधीर श्रेष्ठ तथा समीर श्रेष्ठको पनि अथक मिहिनेत रहेको शाहीले जनाए ।


प्रतियोगिता नेपाली समुदाय बिचको हालसम्म युएईमा भएको अन्य भलिबल प्रतियोगिताहरुमा भन्दा अहिले सम्मकै ठुलो धनराशिको नगद पुरस्कार रहेको थियो । प्रतियोगिता नेपाल भलिबल क्लब, अबुधाबिले जितेको थियो भने बाग्लुङ्ग सेवा समाज टिम ए रनर अप बनेको थियो । प्रतियोगिताकाृ विजयी टोलीले ३५००.०० दिराम र उपविजयी बाग्लुङ्ग सेवा समाज टिम ए ले २५००.०० दिराम पुरस्कार पाए ।
प्रतियोगिताको बेष्ट प्लेयर बाग्लुङ्ग सेवा समाजका बेलु थापा भए । भने बेष्ट स्काइकर नेपाल भलिबल क्लबका झोम थापा र बेष्ट लिबरो नेपाल भलिबल क्लबकै महेन्द्र श्रेष्ठ भए । भलिबल प्रतियोगिताको निर्णायक मण्डलमा प्रेम भण्डारी, ईश्वर घमाल, प्रेम शाही, डायमण्ड बस्नेत, अमृत गुरुङ्ग, भीषण गुरुङ्ग, बिष्णु कुमार श्रेष्ठ र सन्तोष गुरुङ्ग थिए ।
यस अघि उद्घाटन कार्यक्रममा आयोजकको तर्फबाट केन्द्रीय सदस्य एवं खेलकुद संयोजक हिरालाल श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरे । अतिथीहरुको स्वागत ब्याच तथा खादा द्वारा सम्मान कार्य केन्द्रीय महिला सदस्य कामना श्रेष्ठ र नविना शाक्यले गरेका थिए ।समापन कार्यक्रम मार्फत महासचिब कुमार बलामीले सम्पुर्ण सहभागी टिमले धन्यबाद ज्ञापन गरे ।
कार्यक्रमको संचालन पुचःका महासचिव कुमार बलामी र संयोजक हिरा लाल श्रेष्ठबाट भएको थियो ।

Comment