खेलकर्मीको नेतृत्वमा पूर्वजको देन सम्झीदै


खेलकर्मीहरुकै नेतृत्वमा गोर्खा सेमिट्रिज ट्रस्टको गठन भएको छ । ट्रस्टको अध्यक्ष बरिष्ठ कराते प्रशिक्षक महेन्द्र राइ रहेका छन् । यसैगरी, करातेकर्मी तथा भेरी नगरपालीकाका प्रमुख चन्द्र प्रकास घर्ती उपाध्यक्ष रहेका छन् । विणादेवी राइ उपाध्यक्ष रहेको सो सस्थामा राष्ट्रिय खेलकुद परिषद्का अधीकृत भोजानन्द राइ महासचिव छन् । शान्तमाया परियार सचिव रहेका छन् ।
सञ्जु राइ कोशाध्यक्ष रहेको सो सस्थामा ध्रुब सुबेदी, मणी कुमार सुनुवार,मिलन कुमार राइ,सञ्जय सुब्बा,सुरेन्द्र गुरुङ,सुलभ मोक्तान र रञ्जु राइ सदस्य रहेका छन् । यसैगरी, नबिन सुब्बा,पवित्र सुब्बा थापा, अमोद राइ,राष्ट्र राइ,डा. बाबुराम अधीकारी,प्रेम कुमार राइ , राकेश राइ र मंगल राइ सल्लाहकार रहेका छन् । शनीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सस्थाका उद्धेश्य बारे जानकारी गराइयो ।

Comment