गणेश कार्कीलाई गोजुरियो युजेनकाईको जिम्मेवारी

नेपाल गोजुरियो कराते डो युजेनकाई संघको प्रथम साधारण सभाले गणेश कार्कीलाई जिम्मेवारी प्रदान गरेको छ । दरवारमार्गस्थित सि डब्लु क्याफेमा आयोजना भएको प्रथम साधारण सभा तथा निर्वाचनले कार्कीको अध्यक्षतामा राम चन्द्र सुवेदी, बालकृष्ण असरपती, ऋषीकेश जंग शाहलाई उपाध्यक्षमा चयन गरेको छ । यस्तै महासचिवमा प्रकाश कुमार चन्द, सचिवमा प्रकाश राई र उमाशंकर घिमिरे तथा कोषाध्यक्षमा नरेन्द्र वलीलाई जिम्मेवारी दिएको छ ।

यस्तै सदस्यहरुमा रमेश कुमार डाँगी, पशुपती चौधरी, मिठ्ठु कुमारी बि.क., मोतीराम गैह्े, जनक बि.क., कृष्ण तिरुवा, कुवेर खड्का, केशव राज बिश्वकर्मा, दलबहादुर बिष्ट र धन शाहीलाई चयन गरेको छ । सवै निर्विरोध चयन भएका हुन् ।

यसैगरि पहिलो कार्यसमितिको बैठकले उपाध्यक्षमा मनोज घिमिरे, सचिवमा सुदन सिंह सिलवाल, रजनी थापा र बिष्णु कँडेल, तथा सदस्यहरुमा बहादुर सिंह ओड, अनुप अधिकारी, लाल बहादुर राना जगदिश कुईकेल, निरज कार्की, राम थापा, गौरी शंकर राई र चन्द्र राष्कोटीलाई कार्यसमितिमा मनोनित गरेको छ । कार्यसमितिले माननिय नारदमुनी राना, जय बहादुर चन्द, बटु लामिछाने, ललित कुमार अग्रवाल, टेकराज पौडेल र डोलनाथ खनाललाई सल्लाहकारमा मनोनित गरेको छ ।

४० जिल्लाका प्रतिनिधी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिती रहेको साधारण सभाको ७ नं प्रदेशका माननिय साँसद नारदमुनी रानाले उद्घाटन गरेका थिए ।

निर्वाचित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत राष्टिय खेलकुद परिषद संघ संस्था प्रमुख डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरणका साथै सपथ दिलाएका थिए ।

Comment