क्षितिजको पुनरागमनमा थापाथलीको जित

तस्बिर ः क्षितिज भण्डारीको फेसबुकबाट साभार

तुल्सीलाल स्मृती चौथो राष्ट्रिय क्लब टीम बुद्धिचाल प्रतियोगिताको उपाधि थापाथली चेस पार्कले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा थापाथलीले ललितपुर स्पोर्टस क्लबलाई २.५– १.५ अंकले पराजित गरे ।
त्यसैगरी गोल्डेनगेट इन्टरनेशनल कलेज र गजुरमुखी चेस क्लब इलामबीच तेश्रो स्थानको लागि भएको खेलमा गोल्डेनगेट ३–१ अंकले बिजयी भयो । पाँच दिने प्रतियोगितामा स्वीस लिग ७ राउण्डको खेलमा ब्यक्तिगतरुपमा उत्कृष्ठ प्रदर्शन गरेका खेलाडीहरु जिल्ला बुद्धिचाल संघ भक्तपुरका राज प्रजापति, गजुरमुखीका मनिष हमाल, गोल्डेनगेटका मदनकृष्ण कायस्थ, शहिद शुक्र क्लबका राजेन्द्र बज्राचार्य र थापाथलिका शुशील चौधरीले पाँच हजार रुपैया प्राप्त गरे ।
थापाथलीलाई उपाधि दिलाउने क्रममा क्षितिज भण्डारीको पुनरागमन महत्वपूर्ण रह््यो । सुरुमा बास्तबीक लयमा नरहेका क्षितिजले अन्तिम तिन खेलमा सानदार प्रदर्शन गरे । लिग चरणको अन्तिम खेलमा राष्ट्रिय उपविजेता रिजेन्द्र राजभण्डारीलाई हराएका क्षितिजले सेमिफाइनलमा फीडे मासटर मनिष हमाल तथा फाइनलमा पूर्व राष्ट्रिय विजेता बद्रीलाल नेपालीलाई हराए ।
दुइ बर्ष अघि पहिलो पटक ओलम्पियाड खेल्दा दुइ आइएमलाई हराएर सनसनी फैलाएका क्षितिजले शैक्षिक ब्यस्तताका कारण यस बर्षको ओलम्पियाड छनोट गुमाएका हुन् ।

Comment