दुबइमा लाखेको विदाइ

दुबईमा रहेको एभरेष्ट युएई मार्सल आर्टले नेपाल कराते महासंघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पूरेन्द्र बिक्रम लाखेलाई बिदाई गरेको छ । लाखेकै प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गैर आवासीय नेपाली सँघ युएईका केन्द्रिय सदस्य समिम खान , गैर आवासीय नेपाली संघ क्षेत्रीय समिती दुबई राज्य कमिटी अध्यक्ष मदन अधिकारी , संञ्चारकर्मी रमेश क्षितिज लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा लाखेले नेपालमा करातेको प्रारम्भ देखी अहिले सम्मका यात्रा , खेलकुद र खेलाडिहरुको अवस्थाबारे बोलेका थिए । खेलाडीहरुको खेलप्रतिको अन्धो लगाबकै कारण खेल टिकिरहेको बताएका थिए ।

खेलाडी प्रतिको सुबिधा, राज्यको कम चासो र कम सुबिधाकै कारण अपेक्षाकृत प्रतिफल पाउन नसकिएको पनि उनले औल्याए ।
एभरेष्ट युएईको आतिथ्यतालाई खुलेरै तारिफ गरेका लाखेले खेलाडिको प्रोत्सान र हौशलाका लागी आफुले महासंघबाट सक्दो सहयोग गर्ने समेत बताए । कार्यक्रममा संञ्चारकर्मी रमेश क्षितिजले स्वागत मन्तब्य र प्रशिक्षक रबी शाहिले कार्यक्रम संचालन गरेका थिए । लाखे दुबईको छोटो भ्रमण सकी बिहिबार नेपाल फर्किएका छन ।

Comment